मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं।   नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र एनसीसी बैंकको तर्फबाट एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम एनसीसी बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री