अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा   कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २० गते मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएसगै  परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

संक्रमणको विषयमा भने अख्तियारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री