काठमाडौं। एन आई सी एशिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहकहरू माझ ल्याएको छ ।
वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता भइरहेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको Loan Benefit Calculatorबाट हेर्न सकिने व्यवस्था गरेको छ ।
सेवाग्राहीहरूले यस बैंकको वेबसाइट www.nicasiabank.com मा गएर Loan Benefit Calculator मा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिनेछ ।
सो Loan Benefit Calculator मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरे पश्चात् सेवा ग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिनेछ र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिन्छ ।
सहज तथा सरल बैंकिङ्गको अभ्यासमा जोड दिँदै आएको यस बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ ।
यसमा ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ ।
साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहक महानुभावहरूले यस बैंकको वेबसाइटमा गई Loan Status समेत आफै Track गर्न सक्नुहुनेछ ।
बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहक महानुभावहरूमाझ ल्याएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी यस बैंकले सुपर चमत्कारिक घर कर्जा अन्तर्गत Flexible EMI मार्फत ग्राहकहरूले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने EMI वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ ।
सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जाहरूबारे ३४४८८ मा Loan टाइप गरी एस एम एस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिन्छ ।
ग्राहक महानुभावहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुक भर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।



