भारतमा कोरोनाबाट एकैदिन ७६४ जनाको मृत्यु, ५७ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७६४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३६ हजार ५११ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म भारतमा एकै दिन संक्रमित सबैभन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १७ लाख पुगेको छ । भारतमा कुल संक्रमित १६ लाख ९५ हजार ९८८ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना ठिक भएका छन् भने ५ लाख ६५ हजार १०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ९३ लाख ५८ हजार ६५९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख २५ हजार ६८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस