हङकङबाट पैसा पठाउँदा सनराइज बैंकबाट झिक्न मिल्ने, अरु बैंकमा रहेको खातामा पनि जम्मा गर्न मिल्ने

काठमाडौं । सन्राइज बैंक र हङकङको एटी सर्भिसेजबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार हङकङमा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई पठाएको पैसा सनराइज बैंकको सञ्जालबाट भुक्तानी गर्न सकिन्छ ।

यसबाट हङकङबाट नेपाल पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको कम्पनीको दाबी छ । बैंकले पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम दिने बताएको छ ।

बैंकको देशभर रहेका १ सय ३४ शाखा र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत् नगद भक्तानी लिन सकिनेछ । साथै बैंकमा खाता भएका ग्राहकले देशभरका वाणिज्य तथा विकास बैंकको खातामा जम्मा गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप