कोरोना अपडेट : विश्वभर ६ लाख ६९ हजारको मृत्यु, १ करोड ७१ लाख बढी संक्रमित

काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार एकैदिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ । विश्वभर निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस