काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ६५ जना पुगेको छ भने १ करोड ६८ लाख ९३ हजार २ सय ९३ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि १ कोरोड ४ लाख ५६ हजार ३ सय ७१ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र म्याक्सिको छ ।
अमेरिकामा हालसम्म १ लाख ५२ हजार ३सय २० जनाको, ब्राजिलमा ८८ हजार ६ सय ३४ जना, बेलायतमा ४५ हजार ८ सय ७८ जनाको र म्याक्सिमा ४४ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १५ लाख ३२ हजार १ सय ३५ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३४ हजार २ सय २४ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४९ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहॊस