कर्मचारी सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने

काठमाडौं ।  माछापुच्छ्रे बैंक र कर्मचारी संचयकोषबीच सम्झौता भए पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस्  (Connect IPS)  इपेमेन्टद्वारा (E-Payment)गर्न सक्ने भएका छन्।

उक्त सम्झौता पत्रमा बैंकका  नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after