ब्राजिलमा एकै दिन थपिए ६५ हजार ३ सय ३९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ९३  जनाको मृत्यु भएको छ भने ६५ हजार ३ सय ३९ जना नयाँ संक्रमित थपिएका छन ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या २२  लाख ३१  हजार ८ सय  ७१  जना पुगेको छ भने  ८२ हजार ८ सय ९०  जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री