कामना सेवाद्वारा यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा भारी छुट दिने भएकाे छ ।

बैंकले कोभिड – १९ को कारण विशेष गरी यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै  सो  योजना ल्याएको  हो ।

उक्त योजना अन्तर्गत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको हाे ।

साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यस योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप