गण्डकी प्रदेशमा विहिबार थप ५ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा विहिबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिएको अपडेट अनुसार ३ जिल्लाका थप ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु पर्बत र कास्कीका २-२ जना रहेका छन् भने स्याङजाका एक जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म १०९१ जना कोरोना संक्रमित ठिक भएका छन् । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३५० पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप