सुन तोलाको ९४ हजार ५ सय पुग्यो

काठमाडौँ । विहिबार सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९४ हजार ५ सय पुगेको छ । यस अघि बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ ।

विहिबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी विहिबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री