भारतमा एकैदिन १ हजार १२० जनाको मृत्यु, ४५ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना संक्रमित पुष्टि भएको छ । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख नाघेको छ । भारतमा कुल संक्रमित १२ लाख ३९ हजार ६८४ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री