महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाइको निधन भएको छ । हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् ।

Good Bye dear Kaku… May you always find peace

Gepostet von Rajesh Hamal am Mittwoch, 22. Juli 2020

महानायक हमालका भाई राष्ट्रिय अपांग कोषका पुर्व सभापति समेत भएका थिए । उनले अपांगता भएका व्यक्तिहरुलाई वर्षेनी आफनो संस्था मार्फत निःशुल्क चार पाँच सय ह्वीलचेयर बितरण आएका थिए । उनी राजनीति र समाजसेवामा सक्रिय थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस