काठमाडौं । महानायक राजेश हमालका भाइको निधन भएको छ । हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् ।
https://www.facebook.com/rajesh.hamal.5872682/posts/2685446251670215
महानायक हमालका भाई राष्ट्रिय अपांग कोषका पुर्व सभापति समेत भएका थिए । उनले अपांगता भएका व्यक्तिहरुलाई वर्षेनी आफनो संस्था मार्फत निःशुल्क चार पाँच सय ह्वीलचेयर बितरण आएका थिए । उनी राजनीति र समाजसेवामा सक्रिय थिए ।
तपाईंको प्रतिकृया




