घर बनाउन तथा गाडी किन्नेका लागि ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी योजना ल्याएको छ ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत व्याजदरमा घरजग्गा कर्जा पाउने बैंकले जनाएको छ । यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ । यसैगरी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा गाडीकर्जा र ९.४९ प्रतिशत ब्याजदरमा सेयरको धितो कर्जा योजना ल्याएको छ ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्क र लकर सुविधामा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तो कर्जा लिन चाहने व्यक्तिले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सीमित अवधिका लागि ल्याइएको यो योजना देशभरका शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस