काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा १ जनाको मृत्यु भएको छ ।
पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका-१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको छ भने उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते भएकी छन् ।
नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस