स्याङ्जामा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा १ जनाको मृत्यु भएको छ ।

पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका-१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको छ  भने उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते भएकी छन् ।

नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री