नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

काठमाडौं । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कल अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने  व्यवस्था मिलाएको हो ।

सबै आगमन कललाई सिधैं वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ ।

यो सेवा ग्राहकले नजिकैको  टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराए पश्चात ग्राहक स्वयम्ले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी सिधैं ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after