काठमाडौं । ओपोले आधिकारिक रुपमा १ सय २५ वाट फ्ल्याशचार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्याशचार्ज, अल्ट्रा-स्मलपोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११०वाटमिनी फ्ल्याशचार्जर सार्वजनिकको घोषणा गरेको छ ।
सार्वजनिक गरिएको १२५ वाट फ्ल्याशचार्ज प्रविधिले मोबाइलफोन उद्योगमा फ्ल्याशचार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनीधित्व गरेको छ ।
उन्नत एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित ताप मान नियन्त्रक रेगुलेटर्सका साथ मायसले फ्ल्याश चार्जिङ उपकरणहरुमा सुरक्षाका साथै सटिकता प्रदान गर्छ ।
६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ । पहिलो पटक सार्वजनिक गरिएका ५०वाट मिनी सुपरभोक चार्जर र ११०वाट फ्ल्याश चार्जर ओपोको भोक फ्ल्याशचार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु हुन् ।
यिनमा समाविस्त गरिएका हल्का, पातला तथा पोर्टेबल विशेषताका कारण यस प्रविधिलाई उच्च शक्ति सहितका चार्जरहरुको क्षेत्रमा अग्रणीको पहिचान दिलाएको छ ।
ओपोका चिफचार्जिङ टेक्नोलोजी साइन्टिस्ट, जेफ चाङ्गले भने, ‘ विश्वबजारमा फाइभजीको तिब्र रोलआट र अत्यधिक उर्जा खपतगर्ने गेमिङ तथा भिडियो एप्सले मोबाइलफोन तथाप्रयोगकर्ताको चार्जिङ अनुभवका क्षेत्रमा नयाँ चुनौति थपिएको छ ।
सन् २०१४मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरेदेखि नै ओपोले फास्ट चार्जिङ विकासका क्षेत्रमाआफ्नो अग्रताकायम राख्दै आएको छ । हाई पावर, ताररहित र अल्ट्रा- स्मलचार्जिङ प्रविधिका क्षेत्रमा पनि आफ्नो विशेषज्ञता र भूमिकालाई निरन्तर्ता दिँदै प्रयोग कर्तालाई सुरक्षित, सदृढ र सहज अल्ट्रा(फास्ट चार्जिङ अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”
१२५वाट फ्ल्याशचार्ज ः फाइभजीयूगका लागि तिब्र चार्जिङ
ओपोको १२५वाट फ्ल्याश चार्ज प्रविधिले डायरेक्ट चार्जिङ प्रविधिको प्रयोग गर्दै ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई ५ मिनेटमै ४१% सम्म र २० मिनेटमै पूर्ण रुपमा चार्ज गर्ने क्षमता राख्छ ।
त्यसैगरी यो सुपरभोक र भोक फ्ल्याश चार्जका प्रोटोकलसंग पनि मिल्ने हुनुका साथै ६५वाट पीडी र १२५वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलहरुसंग पनि मिलना हुने गरि विकास गरिएको छ । हालका लागि भने यो नै उद्योगमै सर्वाधिक उन्नत फ्ल्याश चार्जिङ प्रविधि हो ।
सुपरभोकको प्राविधिक डिजाइनबाटै विकसित १२५वाट फ्ल्याश चार्जमा ब्यापक आर्किटेक्चरल अपग्रेड गरिएको छ ।
यसले २०भी ६.२५ए चार्जिङ स्किम सपोर्ट गर्नुका साथै,चार्जको आकारमा बृद्धि नगरिकनै चार्जिङ समयमा कटौतीका लागि पावर डेन्सिटी प्रोपर्टीमा पनि सुधार उपलब्ध गराएको छ ।
ब्याट्रीका कुरा गर्दा यसमा सुदृढ ब्याट्री रेसियोका साथमा डबल(६सी सेल्स, उद्योगकै अग्रणी मल्टिपल ट्याब स्ट्रक्चर, चार्ज पम्प्स र चार्जिङ क्षमतामा सुधारका लागि उच्चतम एकिकृत एमसीयू जडान गरिएको छ ।
साथै, १२५वाट फ्ल्याश चार्जमा चार्जिङको अवस्थार चार्जिङको समयमा सुरक्षा सुनिश्चितताका लाग
यसमा१० थप ताप मान सेन्सर्सको पनि प्रयोग गरिएको छ ।
त्यसैगरी, यस प्ल्याटफर्मले थप सुरक्षार्थ, फ्युस ओभर भोल्टेज सुरक्षा उपायहरु, टाइप(सी टू टाइप-सी वायरका साथै, १२८- बिट हाई- स्ट्रेन्थएन्क्रिप्सन अल्गोरिथमको पनिप्र योग गर्छ ।
६५वाट एयरभोकवायरलेस फ्ल्याशचार्जः वायरलेस चार्जिङ प्रविधिको विकासको प्रतिनीधित्व गर्दै
प्रयोगकर्ताहरु चार्जिङ केबलले गर्ने असुविधा र समस्याबाट छुटकारा चाहनुका साथै आफ्ना उपकरणहरु तिब्र गतिमा चार्ज होस् भन्ने चाहान्छन् । यस समस्याको समाधानका रुपमा वायरलेस चार्जिङ क्षमतामा बृद्धिका लागि डिजाइन गरिएको ओपोद्वारा स्व-विकसित पृथकचार्ज पम्पप्रविधि र प्यारालल डुअल कोल डिजाइन सहित बजारकै अग्रणी वायरलेस फ्ल्याशचार्ज प्रविधिका रुपमा ६५वाट एयरभोक फ्ल्याश चार्ज उपलब्ध गराएको हो ।
६५वाट एयरभोक वायरलेस फ्लयाश चार्जले ४ हजार एमएएच क्षमताको ब्याट्री सर्वाधिक तिब्र गतिमामात्र ३० मिनेटको समयमा चार्ज गर्ने क्षमता राख्छ ।
यसले फ्रिक्वेन्सीमा हुने हस्तक्षेप न्यूनिकरण गर्दै वायरलेस चार्जिङलाई अझ ब्यापक रुपमा प्रयोग गर्न सकिने वातावरण मिलाइ दिएको छ । यस प्रविधिले फाइभ-फोल्ड सुरक्षाउपायहरुको अवलम्बन गर्नुका साथै फरेन अब्जेक्ट डिटेक्सन फञ्सन पनि उपलब्ध गराएको छ ।
यो प्रविधिक्यूआई मानकसंग कम्प्याटिबल हुनुका साथै यसले प्रयोगकर्ताहरुलाई तार रहित सुपर फास्ट चार्जिङको सटिक अनुभवप्रदान गर्छ ।
त्यसैगरी, ओपोले ६५वाट एयरभोक तार रहित फ्ल्याश चार्जका लागि एउटा बैचारिक तार रहित चार्जर पनि प्रदर्शित गरेको छ । चार्जरमा मोल्डलेस ¥यापिड प्रोटोटाइपिङ प्रविधिद्वारा निर्मित सुन्दर कलात्मक ग्लासको प्रयोग गरिएको छ । कञ्जुमर ईलेक्ट्रोनिक्स मार्केटमा कुनै पनि प्रविधिमा यसको प्रयोग गरिएको यो नै पहिलो पटक हो ।
चार्जिङका क्रममा ह्यान्डसेट तातिने समस्याकाृे समाधा नार्थ भित्रिने र बाहिरिने ताप नियन्त्रणका लागि चार्जरको तल्लोपट्टी सेमिकन्डक्टर कुलरको ब्यवस्था गरिएको छ । यसमा समाहित फिचर्सका कारण फाइभ जी यूगमा यो चार्जिङ प्रविधि प्रयोग कर्ताको पहिलो राजाइमा पर्ने निश्चित प्राय छ ।
उच्च क्षमताका अल्ट्रा स्मलचार्जर सिरिजःमिनी साइजतथापोर्टेबल
ओपोले आजै विश्वकै सानो तथापातलो ५०वाट मिनी सुपरभोक चार्जर र डुअल लेभर आर्किटेक्चर फिचर्स सुसज्जित ११०वाट मिनी फ्ल्याश चार्जर पनि सार्वजनिक गरेको छ ।
ओपोको ५०वाट मिनी सुपरभोक चार्जरको निर्माण मल्टि ¥याडियन कर्भ प्रक्रियामार्फत बिजनेस कार्ड होल्डरको आकारमागरिएको छ ।
यसको बाहिरी वालको मोटाइ जम्मा १.०५सीएममात्र छ । यसको डिजाइनका कारण प्रयोगकर्ताले आफ्ना सर्ट तथा कोटका खल्तीमा यसलाई सहजै बोकी यात्रागर्न सक्छन् । ५०वाट मिनी सुपरभोक चार्जर भोक प्रोटोकलसंग मिल्नुका साथै २७वाट पीडी र ५०वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकल पनि सपोर्ट गर्छन् । यसको माध्यमबाट मोबाइल फोन्सका साथै ल्यापटप्स पनि चार्ज गर्न सकिन्छ ।
यसमा आकार समायो जनका लागि टोपोलोजिकल डिजाइनको प्रयोग गरिएको छ । उच्च क्षमताको पावर कन्भर्जनका लागि यसमा परम्परागत ईलेक्ट्रोलाइटिक क्यापेसिटरका स्थानमा पल्स चार्जिङ उपलब्धगरिएको छ ।
ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमाओपोका अल्ट्रा- स्मलचार्जर सिरिजले जुनै बेला जहाँ पनि फ्ल्याश चार्जिङ उपलब्ध गराउने छन् ।
एउटै चार्जरको प्रयोग बहु उपकरण चार्जिङका लागि प्रयोग गर्न सकिने, चार्ज एण्ड गो अबको वास्तविकता हो ।
जुन २०२० सम्मआइ पुग्दाओपोेले फ्ल्याश चार्जिङका लागि २ हजार ८ सय भन्दा बढी ग्लोबल प्याटेन्टका निवेदन दिइसकेको छ ।
कम्पनीको ३० भन्दा बढी स्मार्टफोन मोडलमा उपलब्ध गरि सकिएको भोक फ्ल्याश चार्ज प्रविधिले विश्वभरका १५७मलियन भन्दा बढी प्रयोगकर्तालाई अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गरिसकेको छ ।




