भारतमा कोरोना संक्रमितको सख्या ७ लाख ९८ हजार १ सय २८ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो   मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका  २५ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ७९  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७ लाख ९८ हजार १ सय २८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २१ हजार ६ सय ५४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री