म दुर्व्यवहारको शिकार भए, भुवन केसीले घिनलाग्दो व्यवहार गरे : अभिनेत्री साम्राज्ञी [भिडियोसहित]

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन् । केही दिनअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन् ।

साम्राज्ञीले आफूमाथि कसले नराम्रो व्यवहार गरेको थियो भनेर नाम किटान गरेकी छैनन् । तर, उनको कटाक्ष निर्माता तथा अभिनेता भुवन केसीमाथि पनि केन्द्रित थियो ।

फिल्म ‘ड्रिम्स’ मा काम गर्दा नराम्रो व्यवहार भोगेको उनले बताएकी थिइन् । त्यसको प्रतिक्रिया दिँदै अभिनेता तथा निर्माता भुवन केसीले एक टिप्पणी गरेका थिए । उक्त टिप्पणीमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेका थिए ।

भुवनको यो अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै आफूलाई गालामा टाँसिन आएर ‘तँ त मेरो प्रोडक्ट होस्’ भन्दै मिडियामा यस्ता कुरा बाहिर नल्याउन भनेको बताएकी छिन् ।

उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र रु छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस