भारतबाट आएर क्वारेन्टिनमा बसेका एकको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

असार १२ गते भारतको मुम्बईबाट आएर बर्दघाट नगरपालिका-२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो   ।

उनी पहिलेदेखि नै मुटु र प्रेसरको औषधि सेवन गर्दै आइरहेको जनाइएको  छ ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको  छ ।

रिपोर्ट आएपछि मात्रै मृतकको  अन्त्येष्टि गरिने   छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री