काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २५ लाख ६९ हजार ७ सय ७० जना छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनाको मृत्यु भएको छ भने ४३ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




