चट्याङको आवाजले बेहोस भएर युवकको मृत्यु

उदयपुर । चट्याङको आवाजले बेहोस भएर एक युवकको मृत्यु भएको  छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ ।

शनिवार दिउँसो ४ बजे आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागि धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको   छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री