स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखरा । कोरोनाबाट स्याङजाका ५५ बर्षिय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा आइसीयुमा उपचारत स्याङजा, सिरुवारी निवासी ५५ बर्ह्सिय पुरुषको गएराती निधन भएको हो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराले अस्पतालमा भेन्टिलेटरमा राखि उपचार भइरहेका निजको गएराती ११ बजेर ३५ मिनेटमा निधन भएको जानकारी दिएको छ । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोनाको उपाचारको क्रममा मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री