गण्डकी प्रदेशमा थपिए ११ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा विहानै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान थपिएका ११ संक्रमित चार जिल्लाका छन् । म्याग्दीका ६, बाग्लुङका दुई, नवलपरासी पूर्वका दुई र स्याङजाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा अहिलेसम्म ९१ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री