प्युजा ईभी पूर्व बजेट मूल्यमा

काठमाडौं ।परिवार, होटेलहरु, ट्राभल एजेन्सीहरु, व्यापारिक प्रयोजनका लागि उत्कृष्ट छनौट पूर्व बजेट मूल्यमा प्युजोे पार्टनर टेपी ईभी किन्ने उचित समय प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिक्री वितरण शुरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।

प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विक्री वितरण गर्दै आएको छ । हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ । साँग्रीला मोटर्सले आफ्नो प्युजो पार्टनस् टेपी इभी पूर्व बजेट मूल्य रु ५५ लाखमा उपलब्ध तथाविक्री गर्ने भएको छ ।

प्युजो पार्टनर टेपी इभीको विशेषता
प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ , जस्ले ६७ एच पी पावर , २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० – ६० कि. मी. प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति लिन सक्छ । त्यस्तै यसमा जडित 22 kWh Li-lon व्याट्रीले एक पटक चार्जमा १७० कि. मी. सम्म गुड्न सक्छ ।

पार्टनर टेपी इभी आरामदायी तथा पूर्ण सुसज्जीत ५ सिटे एम पि भी ले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यस्मा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने , फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो ÷वुट स्पेस दिन्छ ।

उचाईमा बढी भएको कारण सामान लोड गर्न सजिलो बनाउँछ ।
यसको दुबै साइडमा भएको स्लाइडिङ्ग ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ्ग एरिमा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मि. मि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ । यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ ।

सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभर को लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका हुन्छन् । अरु फिचरहरुमा  क्रुज     कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङ्ग तथा लिड डे टाइम रनिङ्ग लाइट्स, टच िस्क्रन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिचिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन–सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ ।
यो योजना पूर्व बजेट मूल्यमा स्टक रहुन्जेल सम्म मात्र लागू हुने छ ।

प्युजो पार्टनर टेपी इभी मूख्य विवरण
इन्जिन : इलेक्ट्रिक मोटर
माइलेज :१७० कि. मि. सम्म
ट्रान्समिशन :सिंगल रेसन् परमानेन्ट ड्राइभ रिडक्सन गियर
म्याक्सिमम पावरः ६७ वि एच पी @ ४००० – ९२०० आर पि एम
म्याक्सिमम टर्क : २०० एन एम@ १५०० आर पि एम
ग्राउण्ड क्लियरेन्स :२०० एम एम
सिट क्षमता : ५
टायर्स :१९५ /७० आर १५ (डुअल डिस्क)

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस