कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ९ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ९ हजार  १ सय ८ जना पुगेको छ भने ७२  लाख १९ हजार १ सय ८७ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३५ लाख ५४ हजार ८ सय ३७  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १३ हजार ६१  जनाको, बेलायतमा ४० हजार ५ सय ९७  जनाको , ब्राजिलमा ३७ हजार ३ सय १२ जना र इटालीमा ३३ हजार ९ सय  ६४ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ६७ हजार ६ सय १४  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार ४ सय ८१ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार  ८५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री