भद्रपुर । झापाको दमक नगरपालिका-२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका-४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् । उनको शव आम्दा अस्पताल दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए ।
तपाईंको प्रतिकृया




