नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

काठमाडौं । नेपालमा आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहीबार थप ३३४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २९० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप