काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म दशौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए ।
क्वारेन्टाइन बसेका बेला उनलाई स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत ती ब्यक्तिको गत २० गते मिसन अस्पतालमा मृत्यु भएको थियो ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने रिपोर्ट पोजेटिभ आएको छ ।
तपाईंको प्रतिकृया




