‘निसर्ग’ चक्रवात नेपाल प्रवेश, बिभिन्न भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । प्रि-मनसुनको शुरूवातसँगै शक्तिशाली चक्रवात निसर्गको प्रवेशले आगामी शनिबारसम्म मुलुकको मौसम प्रतिकूल हुने जन तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बुधबार दिउसोबाटै नेपाल प्रवेश गरेको चक्रवात निसर्गले वर्षा गराएको छ ।

अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखा परिरहेको छ । निसर्ग चक्रवात विस्तारै कमजोर भै भारतको भू-भाग हुँदै पश्चिम-मध्य नेपाल तर्फ बाट नेपाल प्रवेश गरेको महाशाखाको भनाइ छ । यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

विभागकी मौसमविद् मञ्जु बासीका अनुसार भारततर्फ आइरहेको यो चक्रवातले नेपालमा प्रत्यक्ष नभइ आशिंक प्रभाव पार्ने देखिन्छ। “यसले बिहीवार, शुक्रवार र शनिवार अलि बढी नेपालमा प्रभाव पार्ने देखिन्छ। नेपालका अधिकांश भू-भागहरूमा यसले वर्षा गराउन सक्छ साथै उच्च पहाडी तथा हिमाली भूभागमा पनि यसले हिमपात गराउने सम्भावना छ।” उनको तर्क छ ।

झण्डै दुई साता अघि बङ्गालको खाडीमा विकसित भएको अम्पन नामक शक्तिशाली आँधीका कारण भारत र बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित भएका थिए। उक्त चक्रवातका कारण ती दुई देशमा कम्तीमा ८४ जना मारिएका विवरण आएका थिए ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ २२ गते (विहीबार)
दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २३ गते (शुक्रबार)
दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदलि रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदलि रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य