काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १८ लाख ८१ हजार २ सय ५ जना छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३४ जनाको मृत्यु भएको छ भने २१ हजार८ सय ८२ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया



