बनेपा ।खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
गत जेठ १६ गते बिहान बनेपा नगरपालिका-७ तरकारी बजारका रुकेश ठकुरीको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए ।
घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा मंगलबार वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको हो । अन्य घाइते ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




