काठमाडौं । काठमाडौं सिनामंगलस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।
दुई बिरामी र दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालले सूचना जारी गरेको छ ।
तपाईंको प्रतिकृया



