mainnews

कालीमाटी वृत्तका २२२ प्रहरीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत थप १०६ जना प्रहरीको पनि कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार यसअघि एक सय १६ जना प्रहरीको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियोे । अब ९ जनाको रिपोर्ट आउन बाकि रहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

वृत्तमा कार्यरत प्रहरी नायब निरीक्षक र एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो । यसअघि दुईजनामा संक्रमण पुष्टि भएपछि वृत्त नै सिल गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भोजपुरमा बोलेरो भीरबाट खस्दा दुई युवतीको मृत्यु

काठमाडौं । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् …

प्रतिकृया दिनुहॊस