सनराइज बैंकका ग्राहकले औषधि किन्दा २२ प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा छुट तथा क्यास ब्याक पाउने भएका छन् ।

बैंकका ग्राहकले इजि केयर मार्फत आवश्यक मेडिकल सामाग्री खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका हुन् ।

बैंकको QR कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा घरबाटै रगत जाँचको सुबिधा लिने ग्राहकले १२ प्रतिशत छुट र १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने जनाइएको छ ।

साथै ग्राहकहरुले बैंकको कार्ड वा QR कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट पाउने छन् ।

ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस