काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ। आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने बताएका हुन् ।
उनले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए । यस्तै, अर्थमन्त्री खतिवडाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरिएको पनि जानकारी दिए ।
तपाईंको प्रतिकृया




