काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ५ सय ७२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ जना छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ७४ जनाको मृत्यु भएको छ भने १९ हजार ४९ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
न्युवर्कमा हालसम्म ३ लाख ७३ हजार ६ सय २२ जना संक्रमित भएका छन् भने २९ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ।
त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ५७ हजार १५ जना संक्रमित छन् भने ११ हजार १ सय ९७ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




