पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम, मध्य र पूर्वका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी भू-भाग तथा  मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै  स्थानहरुमा  मेघगर्जन,चट्याङ,हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पूर्वी र  मध्य भू-भागहरुमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी  भू-भागका  एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

 जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशको  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी  भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री