साँखु अस्पतालमा युवतीको मृत्यु, स्वाब पीसीआर परीक्षणका लागि पठाइयो

काठमाडौं । शङ्खरापुर नगरपालिका साँखुमा आज ज्यान गुमाएकी एक युवतीको पीसीआर परीक्षणको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीया युवतीको ज्यान गएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईले बताए ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । बिहान उनको अस्पतालमै ज्यान गएको संयोजक चापागाईंले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री