ईद उल फित्रको सार्वजनिक बिदा भोलि

काठमाडौं । सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ ।

नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य