नेपालमा शक्तिशाली ‘अंपुन’ आँधीको प्रभाव, बिहानैदेखि वर्षा

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भएका छ भने काठमाडौंसहित केहि स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।

साथै बंगालको खाडीको मध्य भागमा विकसित भएको शक्तिशाली चक्रवात ‘अंपुन’को प्रभावले पूर्वी नेपालको मौसममा बदली गराएको छ । उक्त चक्रवातले २-३ दिनसम्म देशभर वर्षा साथै हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोभ गरेको छ ।

आज दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री