कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, सातै प्रदेशमा फैलियो संक्रमण

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ भेरी अस्पताल नेपालगञ्ज, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरुमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक–एक जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा पनि कोरोना भाइरसका संक्रमित भेटिएसँगै सबै प्रदेशमा कोरोना फैलिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालमा गरिएको परीक्षणमा कर्णाली प्रदेशको दैलेख आठबिस-१ का एक जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि हो । कर्णाली प्रदेशमा कोरोना संक्रमण पहिलो पटक देखिएको हो ।Image may contain: text

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस