काठमाडौं । स्वास्थ्य मन्त्रालयले गल्ती सच्याउँदै अहिलेसम्म नेपालमा २४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको छ । यसअघि मन्त्रालयले आजै बिहान थप पाँचजनालाई कोरोना देखिएको भन्दै कोरोना लाग्नेको संख्या २५० पुगेको जानकारी गराएको थियो ।
धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै हो ।
‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँचजनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।
तपाईंको प्रतिकृया




