काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय २९ जना पुगेको छ भने ४३ लाख ४१ हजार ७ सय २० जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, १६ लाख २ हजार ४ सय १२ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ८४ हजार ४ सय २५ जनाको, बेलायतमा ३२ हजार ६ सय ९२ जनाको , इटालीमा ३० हजार ९ सय ११ जनाको र फ्रान्समा २६ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७४ हजार २ सय ९२ जना कोरोना सङ्क्रमित छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय १७ पुगेको छ भने कोरोना संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




