काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंककाे खुद नाफा १९.५० प्रतिशतले बढेकाे छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंक चालु आर्थिक वर्षको चैत महिनामा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३ करोड बढी हाे ।
बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेकाे छ। समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा झरेकाे छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ।




