एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास खारेज

काठमाण्डौ। कोरोनाको संक्रमणमा वृद्धी भएसँगै गृह मन्त्रालयले जारी गरेका सम्पूर्ण अस्थायी पासहरु खारेज गरेको छ। पास खारेजसँगै एक जिल्लाबाट अर्को जिल्लामा जान नपाईने भएको छ।  यो नियम उपत्यकाका तीन जिल्लामा भने लागु हुने छैन। तर उपत्यका भित्र आवतजावत गर्न भने पास अनिवार्य लिनुपर्नेछ।

उल्लिखित निर्णय  कार्यान्वयन गर्न सबै प्रदेश, ७७ वटा जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत निर्देशन दिइएको छ।

साथै सरकारी कर्मचारीको हकमा छुट्टै पास लिएर मात्र हिडडुल गर्न सकिने व्यवस्था गरिएको छ। यसभन्दा अघि सम्बन्धित कार्यालायको परिचयपत्रको आधारमा नै सरकारी कर्मचारीहरु आवतजावत गर्दै आएका थिए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री