काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार ६ सय ७० जना पुगेको छ भने ४२ लाख ७४ हजार ६ सय ५६ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, १५ लाख ३७ हजार ३ सय १५ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।
अमेरिकामा हालसम्म ८१ हजार ७ सय ५६ जनाको, बेलायतमा ३२ हजार ६५ जनाको , इटालीमा ३० हजार ७ सय ३९ जनाको र स्पेनमा २६ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७१ हजार ३ सय ३९ जना कोरोना सङ्क्रमित छन् भने २ हजार ३ सय १० जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने कोरोना संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




