काठमाडौं । रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका एक नेपालीको कोराना भाइरस संक्रमणबाट ज्यान गएको छ । कोरानाका संक्रमणबाट साउदीको जेद्दामा एक नेपालीको ज्यान गएको त्यहाँस्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ ।
मृत्तकको पहिचान भने खुलाइएको छैन । महावाणिज्य दूतावासका अनुसार जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपाली कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये १० जना भने निको भएका छन् । बाँकी ४३ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।
पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ । साउदीमा दूतावासका अनुसार त्यहाँ ५० नेपालीलाई कोरोना संक्रमण भएको छ ।
तीमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म कूल ३९ हजार ०४८ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये ११ हजार ५४७ जना निको भएका छन् । २४६ जनाको भने मृत्यु भएको छ ।




