थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण भेटिएको हो ।

नयाँ संक्रमित जिल्लाको यशोधरा गाउँपालिका-५ तथा बुद्धभुमि नगरपालिका-७ र १० का १८, १९, २० वर्षीय दुईजना तथा २४, ३०, ३१ र ३४ वर्षीय दुई पुरुष छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । नेपालमा भेटिएका १२० संक्रमित मध्ये ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।Image may contain: text

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री